सशस्त्र समूहको आक्रमणबाट कंगोमा १५ मारिए
काठमाडौं । द्वन्द्वग्रस्त पूर्वी डिआर कङ्गोको इटुरी प्रान्तमा विस्थापित व्यक्तिको शिविरमा भएको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको अनुगमन समूहले मङ्गलबार जनाएको छ।
कोडेक नामक जातीय सशस्त्र समूहका लडाकुहरू आक्रमणमा संलग्न भएको आशङ्का गरिएको छ।
कोडेक कङ्गोको विकासको लागि शहकारीको नाम लेन्डु जातीय समूहको हितको प्रतिनिधित्व गर्ने दाबी गर्ने राजनीतिक धार्मिक गुट हो।
इटुरीमा थुप्रै जातीय नरसंहारका लागि दोषी ठहरिएको यो समूह देशको पूर्वमा सक्रिय रहेको यो सबैभन्दा घातक मिलिशिया मध्ये एक मानिन्छ।
यस क्षेत्रका नागरिक समाज समूहहरूको संघका अध्यक्ष जुलेस सुबाले सोमबारको आक्रमणमा मारिने अधिकांश बालबालिका रहेको र मृत्यु हुनेको संख्या अस्थायी भएको बताएका छन्।
एएफपीले उल्लैक गरेका तस्बिरहरूमा रगतले लतपतिएका बच्चाहरू जमिनमा खेलिरहेको देखाइएको छ।
इटुरी र छिमेकी उत्तर किभु प्रान्तमा गत वर्षको मे महिनादेखि सुरक्षा बलहरूले आक्रमण रोक्नको लागि प्रयासरत छन् तर नरसंहार जारी छ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया