श्रीलंका : हिंसा वा आगजनी गरेको देख्नेबित्तिकै गोली चलाउन आदेश

कोलम्बो । श्रीलंकाको रक्षा मन्त्रालयले मंगलबार साँझ सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने वा जीवनलाई खतरामा पार्ने व्यक्तिलाई गोली हान्न आदेश जारी गरेको छ । अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा प्रदर्शन हिंसात्मक बन्दै गएको छ र यसले दंगाको रूप लिइरहेको छ ।
देशको रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेर्थले भने, ‘सार्वजनिक सम्पत्ति लुट्ने वा मानव जीवनमा क्षति पुर्याउने जोसुकैलाई देख्नेबित्तिकै गोली हान्न सुरक्षा बललाई आदेश दिइएको छ ।’
मंगलबारमात्रै आन्दोलनकारीको एक समूहले सत्तारुढ दलका नेताहरुको घरमा निशाना बनाएर आगजनी गरेको थियो । राष्ट्रपतिको सरकारी निवास वरपरका क्षेत्रमा समेत आगजनी गरिएको थियो । हिंसा हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै देशको सेना र प्रहरीलाई आपतकालीन अधिकार दिइएको छ ।
सेनाका लागि यी नयाँ आपतकालीन अधिकारमा सेनाले पक्राउ गरेका व्यक्तिलाई २४ घण्टा हिरासतमा राख्न सक्ने र निजी सवारीसाधनलगायत व्यक्तिगत सम्पत्तिमा जुनसुकै बेला खानतलास गर्न सक्नेछ । कडा सुरक्षाका बीचमा उनी परिवारसहित सेनाको शिविरमा बस्दै आएका छन् ।
श्रीलंकामा एक महिना लामो शान्तिपूर्ण प्रदर्शन मंगलबार हिंसामा परिणत भयो । राजपाक्षे परिवारका समर्थकहरूले उनीहरूविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरूलाई आक्रमण गर्न थालेपछि प्रदर्शन हिंसात्मक बनेको हो ।
श्रीलंका : प्रदर्शनकारीले प्रधानमन्त्रीसहित १२ मन्त्रीको घर जलाए
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच भेट
-
नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा मुद्दा
-
युनाइटेड सिमेन्ट्सकाे नि:शुल्क सिलाई-कटाई प्रशिक्षण कार्यक्रम सम्पन्न
-
‘बजेटमा साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
-
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
प्रतिक्रिया