राष्ट्र बैंकले जेठ १ गतेदेखि हप्ताको दुई दिन विदा दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले हप्ताको दुई दिन विदा दिने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आइतबार र शनिबार बैंक विदा गर्ने जानकारी गराएको हो ।
सरकारले जेठ १ गतेबाट शनिबार र आइतबार विदा दिने निर्णय गरे सँगै बैकले सोही अनुसार निर्णय गरेको हाे ।
बैंकले आफ्ना मातहतका सम्पूर्ण विभाग, महाशाखा कार्यालय तथा इकाईहरुमा विदा गर्ने निर्णय जनाएको छ ।
बैंकले सोमबार देखि शुक्रबारसम्म बिहान साढे नौ बजेबाट साढे पाँच बजेसम्म कार्यालय खुल्ने सूचनामा उल्लेख गरेको छ ।
हेरौ सूचना
प्रतिक्रिया