NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कुलमानको ट्वीटरबाट बालेनलाई भोट मागेपछि…

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नामको फेक ट्वीटर ह्यान्डल बनाएर दुरुपयोग भइरहेको बताएका छन् । उनले आफ्नो आधिकारिक ह्यान्डल @KMGhising रहेको र यसबाहेक अन्य कुनै ह्यान्डल नभएको पनि विज्ञप्तिमार्फत् प्रष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘मेरो नाम र तस्बिर प्रयोग गरी खोलिएका नक्कली ट्वीटर ह्यान्डलमार्फत् स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । मेरो आधिकारिक ट्वीटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर ह्यान्डल नभएकाले यस्ता नक्कली खाताबाट प्रवाहित सूचनाको भ्रममा नपर्न अनुरोध गर्छु ।’

मंगलबार मात्रै कुलमानको नाम र फोटो राखिएको एउटा ट्वीटर खाताबाट काठमाडौंका मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेनको पक्षमा भोट मागिएको थियो । याे एकाउन्टमा १७ हजार फलाेअर्स छन् ।