NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत २५ गते

धर्मेन्द्र बास्तोलालाई किन लियो प्रहरीले नियन्त्रणमा ?

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलबाट हालै अलग भएर नेकपा (बहुमत) गठन गरेका धर्मेन्द्र बास्तोलालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ ।

सुर्खेतस्थित घर जाँदै गरेका बास्तोलालाई बिहीबार बिहान दाङको भालुबाङमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

निर्वाचनविरोधी गतिविधिमा संलग्न भएकाले बास्तोलालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ । पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरेपछि बास्तोलासहितका केही नेता विप्लवको दलबाट अलग भएर निर्वाचनविरोधी गतिविधि सञ्चालन गरिरहेका छन् ।

प्रहरीले सोधपुछ गरेर छाडेपछि बास्तोला पूर्वनिर्धारित कार्यक्रमअनुसार सुर्खेततर्फ लागेका छन् ।