पर्यटनमन्त्री आलेलाई निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै आयोगले उनीसँग २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
मन्त्री आलेले निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको उजुरीपछि उनलाई स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले जनाएको छ ।
आलेमाथि चुनावी सभामा सहभागी बनेर पदीय मर्यादाविपरीत मत मागेको, विपक्षीमाथि निराधार आरोप लगाएर भाषण गरेको, मतदाता प्रभावित पार्न भोजभतेर र रकम बाँडेको आरोप छ । डोटीको जोरायल गाउँपालिकाका एमाले उम्मेदवार दुर्गादत्त ओझाको चरित्र गर्ने भिडियो सम्प्रेषण गरेको उजुरी पनि आलेविरुद्ध निर्वाचन आयोगमा परेका थियो ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया