सुनको मूल्य ८०० रूपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । बुधबार घटेको सुनको मूल्य बिहीबार बढेको छ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुन तोलाम ८ सय रूपैयाँ बढेर ९७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावल सुन एक हजार रूपैयाँ घटेर ९७ हजार रूपैयाँमा कारोबार भएको थियो । मंगलबार ७ सय रूपैयाँ घटेर ९८ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार सुनको मूल्य ९८ हजार ७ सय रूपैयाँ र आइतबार ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला ९६ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।बुधबार तोलामा ३० रूपैयाँ घटेको चाँदी आज ५ रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी एक हजार २५० रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार चाँदी एक हजार २४५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया