सुनको मूल्य ८०० रूपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । बुधबार घटेको सुनको मूल्य बिहीबार बढेको छ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुन तोलाम ८ सय रूपैयाँ बढेर ९७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावल सुन एक हजार रूपैयाँ घटेर ९७ हजार रूपैयाँमा कारोबार भएको थियो । मंगलबार ७ सय रूपैयाँ घटेर ९८ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार सुनको मूल्य ९८ हजार ७ सय रूपैयाँ र आइतबार ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला ९६ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।बुधबार तोलामा ३० रूपैयाँ घटेको चाँदी आज ५ रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी एक हजार २५० रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार चाँदी एक हजार २४५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया