पेट्रोलियम पदार्थको मूल्य ७२ प्रतिशतले वृद्धि
काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा चालु आवको चैत्र मसान्तसम्ममा कच्चा पेट्रोलियम पदार्थको मूल्य ७२.७ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १०८.४९ पुगेको छ । गत वर्षको सोही अवधिममा पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारल अमेरिकी डलर ६२.८३ रहेको थियो ।
रूस-युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने क्रम जारी छ । यसको असर नेपालमा पनि परेको छ । नेपालमा पछिल्लो समय पेट्रोलिम पदार्थको मूल्य आकाशिएको अवस्था छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १६० रूपैयाँ र डिजेल १४३ रूपैयाँ रहेको छ । निगमका अनुसार पेट्रोलमा मात्रै निगमले प्रतिलिटर २३ रूपैयाँ घाटा व्योहर्नुपरेको छ । निगमले मे महिनामा मात्रै इन्डिन आयल कोर्पेशनलाई १० अर्ब भन्दा बढी भुक्तानी गर्न बाँकी छ ।
त्यस्तै खाना पकाउने ग्याँसको मूल्य हाल १ हजार ६ सय रूपैयाँ पुगेको छ । निगमले इन्डियाबाट ग्याँस ल्याउँदा प्रतिसिलिण्डर एक हजार ५० घाटा व्योहोरिरहेको निगमले जनाएको छ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा चालु आवको चैत्र मसान्तसम्ममा सुनको मूल्य १३.१ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९७६.७५ पुगेको छ । गत वर्षको सोही अवधिमा सुनको मूल्य अमेरिकी डलर १७४७.९५ रहेको थियो ।
सुनको पछिल्लो अपडेट हेर्ने हो भने घढबढ हुने क्रम जारी छ । आजकै मूल्य अनुसार छापावल सुन प्रतितोला ९७ हजार ८ सय रूपैयाँ र तेजावी सुन ९७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया