पूर्वसांसदसहित कांग्रेस भरतपुरका पाँच नेता निलम्बनमा
काठमाडौं । कांग्रेसले पाँचदलीय उम्मेदवारको विरुद्धमा सक्रिय रहेको भन्दै चितवनस्थित भरतपुरका पाँच नेतालाई पार्टीबाट निलम्बन गरेको छ । यसरी निलम्बनमा पर्नेमा पूर्व सांसदसहितका नेता छन् ।
पूर्व सांसद भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य केशव पौडेल छन् । यी सबै भरतपुर महानगरपालिका हुन् ।
तल्लो तहबाटै पार्टी सदस्यबाट निलम्बनमा सिफारिस भइ आएकोले तत्काल लागु हुने गरी निलम्बन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीद्वारा विज्ञप्तिमा उल्लेख छ । उनीहरूले विधान अनुशासन विपरीतका कार्य गरेको आरोप लगाइएको छ ।
भरतपुरमा कांग्रेसलेले गठबन्धन गरी उम्मेदवार उठाएको छ । मेयरमा माओवादीकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उठेका छन् । तर भरतपुरमा गठबन्धनतर्फ मेयरका उम्मेदवारविरुद्ध कांग्रेसकै जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया