उडान भर्ने क्रममा धावनमार्गमा विमानमा आगलागी, ४० यात्रु घाइते

काठमाडौं । चीनको चोङकिङ विमानस्थलमा बिहीबार बिहान तिब्बत एयरलाइन्सको विमानमा आगलागी भएको छ । दुर्घटनामा कम्तीमा ४० यात्रु घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार चोङकिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने क्रममा धावनमार्गबाट चिप्लिएर खसेको विमानमा आगो लागेको थियो ।
विमानमा ११३ यात्रु र ९ चालक दलका सदस्य थिए । सबै यात्रुलाई सकुशल बाहिर निकालेर घाइतेहरूलाई अस्पताल लगिएको छ । यो घटनाको भिडियो सार्वजनिक भएको छ । यसमा रनवेमा रहेको विमानमा आगो लागेको स्पष्ट देख्न सकिन्छ ।
विमानबाट धुवाँ निस्किएको पनि देख्न सकिन्छ । अहिले आगो निभाइएको र धावनमार्ग बन्द गरिएको छ । तिब्बत एयरलाइन्सका अनुसार विमान चीनको चोङकिङबाट तिब्बतको न्याङ्ची जाँदै थियो । अचानक विमान धावनमार्गबाट खसेर आगो लागेको थियो ।
ताजा अपडेट
-
‘गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्छ, राजीनामा आवश्यक छैन’-सञ्चार मन्त्री गुरुङ
-
अझै बस्न सकेन प्रतिनिधिसभा बैठक
-
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुझाव प्रस्तुत
-
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
प्रतिक्रिया