माधव नेपालको मुद्दा पुनः ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दायर गरेको रिट फेरि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
सांसद पद थमौती गर्न माग गर्दै उनले हालेको सूची पुनः हेर्न नभ्याइनेमा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।
यो रिटको सुनुवाइका लागि न्यायाधीशद्वय अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको थियो ।
यसअघि १० चैत ०७८ मा पनि रिटको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो ।
प्रतिक्रिया