NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

यसकारण हेलिकोप्टरमा आउन बाध्य हुँदैछन् मोदी

काठमाडौं । भारतका प्रधामन्त्री नरेन्द्र मोदी आगामी सोमबार (जेठ २ गते) नेपाल भ्रमणमा आउँदैछन् । उनी बुद्ध जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउन लागेका हुन् ।

भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै – NepalWatch

यो दिन संयोगवश भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पनि उद्घाटन हुँदैछ । एकाबिहानै जजिरा एयरवेजले कुवेतबाट भैरहवाका लागि उडान भर्दैछ ।

उद्घाटन भएसँगै सोही दिनदेखि नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सेवा दिने निश्चित छ ।

मोदीको भ्रमण तालिका : मायादेवीमा प्रार्थना, सभाहलमा सम्बोधन – NepalWatch

तर, यस्तो सुविधा हुनका बाबजुद भारतीय प्रधानमन्त्री मोदी जहाजबाट नेपाल आउँदै छैनन् । भारतको चर्चित टेलिभिजन जी न्युजको एक रिपोर्टअनुसार चीनको सहयोगमा बनेको गौतम बुद्ध विमानस्थल उद्घाटनमा सहभागी हुन चाहँदैनन् मोदी । त्यसैलाई छल्नलाई उनले नेपाल आउन हेलिकोप्टर प्रयोग गर्न लागेका हुन् । मोदी नयाँ दिल्लीबाट सिधै हेलिकोप्टरमा बुद्ध जन्मस्थल लुम्बिनी जानेछन् ।

मिडिया रिपोर्टअनुसार भारतको सीमानाबाट ६ किलोमिटरमात्र नजिकमा रहेको भैरहवामा नेपालले अन्तर्राष्ट्रिय विमानस्थल बनाएकोमा मोदी खुसी छैनन् । विमानस्थल सुचारु भएपछि सो क्षेत्र भारतका लागि सुरक्षा खतरा हुनसक्ने उनको विश्लेषण छ । त्यसमाथि पनि चीनको सहयोगमा विमानस्थल बनेकाेमा त उनी झनै बेखुसी छन् ।

जजिरा एयरवेजको जहाज जेठ २ को मध्यराति गौतमबुद्ध विमानस्थल आइपुग्ने – NepalWatch