बुथ कब्जाको आरोपपछि दोलखाको बैतेश्वरमा तनाव, प्रहरीद्वारा हवाई फायर
काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकामा नेपाली कांग्रेसले बुथ कब्जा गर्न खोजेको भन्दै अन्य दल प्रदर्शनमा उत्रिएपछि तनाव भएको छ ।
गाउँपालिकाको वडा नं. १ र २ स्थित मतदान केन्द्रमा मतदान सुरु नहुँदै तनाव भएको हो । एमालेलगायत विपक्षी दलले कांग्रेसले बुथ कब्जाको प्रयास गरेको भन्दै त्यहाँ प्रदर्शन गरिरहेका छन् ।
तनावपछि त्यहाँको अवस्था नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर नै गर्नुपरेको दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिए ।
एमालेलगायत विपक्षीले कांग्रेसबाट बुथ कब्जाको प्रयास भएको आरोप लगाए पनि दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले भने सामान्य वाद-विवादले तनावको रूप लिएको बताए ।
‘राजनीतिक दलबीच केही विषयमा सहमति नहुँदा विवाद भएको हो । बाहिर प्रचारमा आएजस्तो बुथकब्जाको प्रयास भएको होइन,’ उनले नेपालवाचसँग भने ।
उनका अनुसार, अहिले त्यहाँको अवस्था नियन्त्रणमा आएको छ र दलबीच छलफल गराएर मतदान सञ्चालन गर्ने प्रयास भइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया