NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

तस्वीरमा हेर्नुहाेस् निर्वाचन (फाेटाे फिचर)

बागलुङको गलकोट नगरपालिका ७ मल्मस्थित प्रगति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्दै ९७ वर्षीया नन्दकली केसी । तस्बिरः रामबहादुर थापा–रासस
मतदान गर्दै प्रमुख निर्वाचन आयुक्त थपलिया
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ स्थित उपस्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया÷ तस्बिरः नवीन पौडेल

रुपन्देहीको तिलोत्तमा–८ मा रहेको मतदानस्थलमा पुग्नुभएका ज्येष्ठ नागरिक । तस्वीर : निरा गौतम
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापाको गृहनगर मेचीनगर नगरपालिकाको वडा नं. ८ स्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गर्दै ।
पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट उपप्रमुख पदका उम्मेदवार कोपिला रानाभाट विजयपुरस्थित भवानीकालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्दै । तस्वीर वासुदेव पौडेल, रासस
मतदान गर्दै निर्वाचन आयुक्त इश्वरी पौडयाल टीका विद्याआश्रम ललितपुरमा मतदान गर्दै निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडयाल । तस्बिर : प्रदीपराज वन्त
बागबजारस्थित पदमकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार केशव स्थापित । तस्बिर चन्द्रकला क्षेत्री
स्थानीय तह निर्वाचनमा मतदान गर्न शुक्रबार काठमाडौँको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रमा पुग्नुभएका ज्येष्ठ नागरिक । तस्बिरः नवीन पौडेल – रासस
काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंह काठमाडौँ महानगरपालिका १६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रमा मतदान गर्दै । तस्बिरः रत्न श्रेष्ठ
गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमा ८ स्थित ज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : निरा गौतम
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ भरतपुर महानगरपालिका १४ मा रहेको नेपाल पुलिस स्कुल मतदान केन्द्रमा स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गर्दै । तस्बिरः नारायण अधिकारी
भरतपुर महानगरपालिका १४ मा रहेको आधारभूत विद्यालय सुन्दरबस्तीको मतदान केन्द्रबाट मतदान गर्दै भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार रेनु दाहाल । तस्बिरः नारायण अधिकारी
नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल स्थानीय तहको निर्वाचन २०७९ का लागि शुक्रबार बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान पश्चात मतपेटिकामा मतपत्र खसाल्दै । तस्वीर : भरत केसी
स्थानीय तह निर्वाचनमा मतदानका लागि पोखरा महानगरपालिका वडा नं १४ मझेरीपाटनस्थित रामेश्वरी माध्यमिक विद्यालयमा लामबद्ध सर्वसाधारण । तस्वीर : राधिका कँडेल
सूर्यविनायक नगरपालिका–१ सिरुटार मतदान केन्द्रमा स्थानीय तहको निर्वाचनमा मतदान गर्दै एक महिला । तस्वीर : रमेश गिरी, रासस
ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन ललितपुर महानगरपालिका३ स्थित मोडल आइडल विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै । तस्बिरः नवीन पौडेल
सूर्यविनायक नगरपालिका–१ सिरुटार मतदान केन्द्रमा स्थानीय तहको निर्वाचनमा मतदानका गर्न लामबद्ध सर्वसाधारण । तस्वीर : रमेश गिरी