अध्यक्ष नेपालद्वारा मतदान
राैतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ स्थित रामजानकी कन्या आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरे । उनले स्थानीय तह निर्वाचन अन्तर्गत सो केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले रोजेको र खोजेको उम्मेदवारलाई निर्धक्क भई मतदान गर्न आग्रह गरे ।
यस्तै एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गृहजिल्ला इलामको सूर्योदय नगरपालिका–९ करफोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया