अध्यक्ष नेपालद्वारा मतदान

राैतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ स्थित रामजानकी कन्या आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरे । उनले स्थानीय तह निर्वाचन अन्तर्गत सो केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले रोजेको र खोजेको उम्मेदवारलाई निर्धक्क भई मतदान गर्न आग्रह गरे ।
यस्तै एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गृहजिल्ला इलामको सूर्योदय नगरपालिका–९ करफोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया