NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

स्थिति नियन्त्रणमा आएपछि ओखलढुंगामा मतदान सुरु

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाइ फायर गरेको छ ।

वडा नम्बर ९ को मिश्र भन्ज्याङमा रहेको मतदान स्थलमा लाइन बस्ने क्रममा भएको विवादका कारण झडप भएको थियो । झडपका कारण एकछिन मतदान स्थगित गरिएको थियो ।

अहिले १० : ४५ बजेबाट मतदान सुरु भएको छ ।