मतदान गर्न स्ट्रेचरमा लगिएका एक वृद्धको मृत्यु
बैतडी । बैतडीको पाटन नगरपालिका ६ मा मतदान गर्न कृष्ण माविको मतदानस्थलमा गएका एक वृद्धको मृत्यु भएको छ ।
मतदान गर्न गएका पाटन नगरपालिका ६ टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
उनलाई स्ट्रेचरमा बोकेर मतदान स्थलमा पुर्याइएको थियो । मतदान स्थलमै अकस्मात बेहोस भएका बिष्टको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअघि बिहान दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हाल्न गएका दोगडाकेदार ३ कफल्टाका ८४ वर्षीय हरिसिंह भाटको पनि मृत्यु भएको थियो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया