मतदान गर्न स्ट्रेचरमा लगिएका एक वृद्धको मृत्यु
बैतडी । बैतडीको पाटन नगरपालिका ६ मा मतदान गर्न कृष्ण माविको मतदानस्थलमा गएका एक वृद्धको मृत्यु भएको छ ।
मतदान गर्न गएका पाटन नगरपालिका ६ टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
उनलाई स्ट्रेचरमा बोकेर मतदान स्थलमा पुर्याइएको थियो । मतदान स्थलमै अकस्मात बेहोस भएका बिष्टको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअघि बिहान दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हाल्न गएका दोगडाकेदार ३ कफल्टाका ८४ वर्षीय हरिसिंह भाटको पनि मृत्यु भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया