NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २२ गते

छोरालाई भोट दिने इच्छा पूरा गरेर डोकोबाटै अस्ताए खड्का

जुनिचाँदे गाउँपालिका–४ का ७४ वर्षीय सार्के खड्काको भोट दिएको पाँच मिनेटमै मृत्यु भएको छ । डोकोमा आएर मतदान गरेका खड्काले छोरोलाई भोट दिने इच्छा पूरा गरेर अस्ताएका छन् ।

उनका छोरा भीमबहादुर खड्का जुनिचाँदे–४ बाट वडाध्यक्षका उम्मेदवार थिए । उनको अन्तिम इच्छा छोरा र अन्य उम्मेदवारलाई भोट हाल्ने रहेको नाति रेशम खड्काले बताए ।