NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २४ गते

स्थगित भएको ७३ मतदान केन्द्रमा अर्को सूचनापछि मतदान हुने

काठमाडौं । शुक्रबार भएको स्थानीय तह निर्वाचन छिटफुट घटना बाहेक शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र(जेइओसी)ले राति १० बजेसम्मको विबरण अनुसार ६४ प्रतिशत मतदान भएको बताएको छ ।

आयोगले आज निकालेको विज्ञप्तिमा देशभर १६ जिल्लाका २८ पालिकाका ४३ मतदान स्थलका ७३ केन्द्रमा मतदान स्थगित भएको उल्लेख गरेको छ ।

स्थगित भएको पालिकामा मतदान अधिकृतले अर्को सूचना जारी गरी मतदान गर्ने उल्लेख छ । गण्डकी र लुम्बिनीमा सबै स्थानमा मतदान भएको जानकारी दियो ।

ताजा अपडेट

नेपालवाच विशेष