ट्वीटर सम्झौता होल्डमा : एलन मस्क
काठमाडौं । टेस्लाका सिइओ एलन मस्कले सोसल मिडिया प्लेटफर्म ट्वीटर किन्ने बारे हुन गइरहेको सम्झौता यसमा नक्कली खाताहरूको गणनाको कारण रोकिएको बताएका छन् ।
मिडिया रिपोर्टका अनुसार ट्वीटरको सेयर प्रारम्भिक व्यापारमा २० प्रतिशतले घटेको छ ।
मस्कले यस हप्ताको शुरुमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगाउने ट्वीटरको निर्णय गल्ती भएको बताएका थिए । यदि उनको सोशल मिडिया कम्पनीको अधिग्रहण सफल भयो भने यसलाई उल्टाउने बताएका थिए ।
हालै ४४ अर्ब अमेरिकी डलरको सम्झौतामा मस्कले ट्विटर अधिग्रहण गर्ने सहमत भएको छ । यद्यपि यो अझै पनि शेयरकर्ताहरूको स्वीकृतिको अधीनमा छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया