NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मनाङको ङिस्पाङ अध्यक्षमा एमाले र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

काठमाडौं । मनाङको ङिस्पाङ गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवारको पल्लाभारी भएको छ ।

कांग्रेसका छिरिङ ओङमा गुरुङ (घले) लाई पराजित गर्दै एमालेका कान्छा घले त्यहाँ विजयी भएका हुन् ।

घलेले ८ सय ६१ मतका साथ जित सुनिश्चित गर्दा छिरिङ १ सय १३ मतमा सीमित भए ।

उपाध्यक्षमा छिरिङ गुरुङ विजयी भएका छन् । एमाले समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका गुरुङसँग कांग्रेसका रिन्जेन धोर्जे पराजित भएका छन् । विजयी गुरुङले ७ सय ४४ र उनको निकटतमप्रतिद्वन्द्वी रिन्जेनले ७ सय १९ मत पाए ।

राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले भने मात्रै १ मत ल्याए ।

त्यसैगरी, गाउँपालिकाको वडा नं. १ को वडाध्यक्षमा एमालेका मिङमर गुरुङ, वडा नं. २ मा कांग्रेसका खम्बा गुरुङ, वडा नं. ३ मा स्वतन्त्र उम्मेदवार कृष्ण लामा, वडा नं. ४ मा एमालेका कमल गुरुङ, वडा नं. ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा र वडा नं. ६ मा एमालेका सोनाम गुरुङ विजयी भएका छन् ।