काठमाडौंकी चर्चित एमाले उपमेयरकी उम्मेदवार सुनिता विपक्षीभन्दा फराकिलो अंकले अगाडि
काठमाडौं । लिपी क्वीनको नामले चर्चित रहेकी काठमाडौं महानगरपालिकामा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्ना प्रतिस्पर्धी भन्दा फराकिलो मतान्तरले अग्रता लिएकी छिन् ।
उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा झण्डै तेब्बर मतले अग्रता लिएकी हुन्
। वडा नम्बर १ र ३२ वडाबाट मतगणना गर्दा डंगोलले ६५ मत प्राप्त गरेकी छिन् ।
गठबन्धनका उम्मेदवार श्रेष्ठले जम्मा २५ मत प्राप्त गरेका छन् । अहिलेसम्म २०० को हाराहारीमा मतगणना भएको छ । ३२ वडा रहेको काठमाडौंमा १ वडाबाट डंगोलले ३५ मत प्राप्त गर्दा श्रेष्ठले ११ मत पाएका थिए ।
३२ मा ३० मत डंगोलले प्राप्त गर्दा श्रेष्ठले १४ मत पाएका थिए । युवामाझ डंगोल निकै क्रेज रहेको छ । काठमाडौंमा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी डंगोलले अन्तिम समयमा एमाले प्रवेश गरेकी थिइन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया