यिनै हुन् करुवा चिह्न बोकेर देउवाको वडामा कांग्रेस हराउने भण्डारी
काठमाडौं । पाँचपटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाको वडामै कांग्रेस पराजित हुन पुगेको छ । देउवाले चार दिन बसेर भोट हालेको डडेल्धुराको गन्यापधुरा १ बाट बिपी कांग्रेसका उम्मेदवारसँग कांग्रेस वडा अध्यक्षका उम्मेदवार पराजित भएका हुन् ।
करुवा चिन्हबाट उठेका कांग्रेस बिपीका नरेश भण्डारीले शक्तिशाली प्रधानमन्त्रीको पार्टीलाई हराएका हुन् । भण्डारीले ६७३ मत ल्याउँदा कांग्रेसका उम्मेदवार १२९ मतले पछि परेका हुन् ।
डडेल्धुरामा पूर्व सभापति कर्ण मल्ललाई कांग्रेसले कारवाही गरेपछि कांग्रेस बिपीलाई मल्ल पक्षले समर्थन गरेको थियो । बिपीबाट मल्लले नै नरेशलाई उठाएका थिए । एमाले पनि कांग्रेस बिपीकै पक्षमा उभिएपछि कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भएका हुन् । वडामा कांग्रेस बिपीले प्यानल नै जितेकाे हाे ।

गन्यापधुरामा कांग्रेस बिपीले अध्यक्ष र एमालेले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । वडामा पनि मिलेर लडेका थिए । कुनै समय देउवाकै विश्वासपात्र एवं निकटका नेता मल्ललाई कारवाही गरेपछि देउवाले चार दिन डडेल्धुरामा बिताए पनि आफ्नै वडामा जिताउन नसकेका हुन् । क्रियाशील सदस्यतादेखिकाे विवाद बढेपछि देउवा र मल्लकाे सम्बन्ध थप चिसिएकाे थियाे ।
डडेल्धुरामा कांग्रेसकै असन्तुष्ट पक्ष एमालेसँग मिलेपछि देउवालाई झट्का
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया