NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

विवेकशील साझाकी समीक्षाको मात्र १३ मत

काठमाडौं । अघिल्लो चुनावमा काठमाडौंमा जनस्तरबाट हाइहाइ बटुलेको विवेकशील साझा यस वर्ष भने साँघुरो मतमै सीमित भएको छ ।

काठमाडौं महानगरपालिकामा हालसम्म १२८० मतगणना भइसक्दा विवेकशील साझाकी उम्मेदवार समीक्षा बाँस्कोटा १३ मतमै सीमित भएकी छन् ।

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहकै अग्रता कायम रहेको छ । उनी ४०२ मतसहित अग्रपंक्तिमा छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित ३१९ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत प्राप्त गरेकी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले ५२ मत प्राप्त गरेका छन् ।

काठमाडौंमा एक हजार मतगणना, यस्तो छ पछिल्लो अपडेट – NepalWatch