NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

जाजरकोटको शिवालयमा गठबन्धन अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । जाजरकोटको शिवालय गाउँपालिकामा गठबन्धनका उम्मेदवारले एमालेलाई पछाडि पारेका छन् ।

५०० मतगणना सम्पन्न हुँदा शिवालयको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार अगाडि देखिएका हुन् ।

ताजा परिणाममा त्यहाँ कांग्रेसका शेरबहादुर शाहीले एक सयभन्दा बढी मतले लिड गरेका छन् । शाहीले २९३ मत प्राप्त गर्दा एमालेका रंगनाथ योगी १७८ भोटका साथ अघि बढिरहेका छन् ।

उपाध्यक्षमा गठबन्धन र कांग्रेसका उम्मेदवारबीच अझै फराकिलो मतान्तर छ । माओवादीकी गीता शाहीले २९३ र एमालेकी नैनसरा शाहीले १५४ पाएका छन् ।