NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

कैलालीको भजनीमा रेशम चौधरीको दललाई अग्रता, जसपा चौथो

काठमाडौं । जेलभित्रै रहेर दल सञ्चालन गरेका रेशम चौधरीको दलले पनि एक स्थानीय तहमा अग्रता बनाएको छ । कैलालीको भजनी नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीले प्रारम्भिक अग्रता बनाएको हो ।

प्राप्त पछिल्लो मत परिणाममा नागरिक उन्मुक्ति पार्टीका मेयर उम्मेदवारले ३४४ मतका साथ भजनीमा लिड गरिरहेका छन् । त्यहाँ एमाले, माओवादी र जसपाको क्रमशः दोस्रो, तेस्रो र चौथो बढी मत छ ।

एमालेका मेयर उम्मेदवारको ३११, माओवादीको २६८ र जसपाको ७५ छ ।

उपमेयरमा भने एमालेले चौधरीको उम्मेदवारलाई झिनो मतले पछि पारेका छन् । एमालेका उपमेयर उम्मेदवारले त्यहाँ ३०८ मतका साथ अग्रता बनाइरहँदा नागरिक उन्मुक्ति पार्टीको २९६, कांग्रेसको २१६ र जसपाको उम्मेदवारले ७३ मत हासिल गरेका छन् ।