एमालेले जितेको गुल्मीको रेसुंगा नगरपालिकामा कांग्रेसको जित

काठमाडौं । गुल्मीको रेसुंगा नगरपालिकामा कांग्रेस विजयी भएको छ ।
त्यहाँ कांग्रेसका खिलध्वज पन्थी ८ हजार ६१४ मतका साथ विजयी भएका हुन् । पन्थीका निकटतम प्रतिद्वन्द्वी राजेन्द्रप्रसाद पाण्डे ७३२० मत पाए ।
नगरपालिकामा कांग्रेसले हासिल गरेको यो पहिलो जित हो । अघिल्लो स्थानीय तह निर्वाचनमा यहाँको मेयरमा एमाले विजयी भएको थियो ।
त्यसैगरी उपप्रमुखमा पनि नेपाली कांग्रेसकै अमृतादेवी कुवँर विजयी भएकी छन् । कुँवरको मत ८ हजार १९ छ । एमालेकी रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया