धनगढीमा गठबन्धन र एमालेलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार हमालको अग्रता
काठमाडौं । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा सत्तागठबन्धन र एमालेको उम्मेदवारलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार गोपाल हमालले मेयरमा २२० को अग्रता लिएका छन् ।
हमाललाई गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले पछ्याइरहँदा एमालेबाट मेयरमा उम्मेदवारी दिएका रणबहादुर चन्दले ५३ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको तथ्याङक अनुसार हमालले ६१८ मतसहित अग्रता कायमै राख्दा गठबन्धनका उम्मेदवार वडले जम्मा ३९८ मत पाएका छन् । १९ वडा रहेको धनगढी उपमहानगरमा प्रमुख र उपप्रमुखसहित ९७ सदस्य निर्वाचित हुनेछन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया