धरान उपमहानगरमा कांग्रेसको अग्रता, एमाले तेस्रो
धरान । धरान उपमहानगरपालिकामा तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रस्थानमा छन् । पछिल्लो मत परिणामअनुसार उनले एक हजार ३४० प्राप्त गरेका छन् ।
स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९२२ प्राप्त गरेका छन् । नेकपा (एमाले) कि मञ्जु भण्डारीले ७०६ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का आइन्द्रविक्रम बेघाले एक हजार ४२९ र एमालेका पदम लिम्बूले ८४४ मत प्राप्त गरेका छन् ।
हाल वडा नं. १, २ र ३ को मतगणना जारी छ । यी बजार क्षेत्र कांग्रेसको पकट क्षेत्र मानिन्छ । ०७४ को स्थानीय तह निर्वाचनमा १ र २ कांग्रेस र ३ मा एमालेले विजयी गरेको वडा हुन् ।


प्रतिक्रिया