अपडेट : वीरगञ्जमा गठबन्धनका उम्मेदवारलाई दोब्बर बढी मतको अग्रता
पर्सा । वीरगञ्ज महानगरपालिकाका मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले दोब्बर बढी मतको अग्रता बनाएका छन् ।
सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई बनाइरहँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का विजयकुमार सरावगीले ६५९ मत प्राप्त गरेका छन् ।
हाल यहाँको वडा नं १, २, ३१ र ३२ को मतगणना जारी छ । हालसम्म कूल तीन हजार ६७ मत मतगणना भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन समय लाग्ने बताइएको छ ।
मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकासहित अन्य तीन नगरपालिका र १० गाउँपालिका छन् । जिल्लाका अन्य पालिकामा पनि मतगणना जारी छ ।
जिल्लाको १४ वटै पालिकामा कूल तीन हजार २९७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा तीन लाख ३९ हजार ८३६ मतदाता रहेका थिए ।


प्रतिक्रिया