NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पाँचथरको फाल्गुनन्द–१ को वडाध्यक्षमा आङ्देम्बे विजयी

शंकर चापागाईं (नागरिक पत्रकार) । पाँचथरको फाल्गुनन्द–१ का नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार होमप्रसाद आङ्देम्बे प्यानलसहित विजयी भएका छन् । जनता समाजवादी पार्टीकी शान्ति आङ्देम्बेलाई ४८२ मतान्तरले पछि पार्दै आङ्दाम्बे वडाध्यक्षमा विजयी बनेका हुन् ।

होमले ९८७ मत प्राप्त गर्दा निकटतम शान्तिले ५०५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडाध्यक्षमा होमको यो दोस्रो जित हो ।

वडा सदस्यमा गठबन्धनका कमलादेवी पराजुलीले ९३०, कमला दर्जीले ९८५, दिलकुमार आङदेम्बेले १०७६ र रामराज आङदेम्बेले ८७८ मत प्राप्त गरी जित निकालेका छन् ।

यस वडामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी र नेकपा एमाले–जसमा तालमेल गरेर प्रतिस्पर्धामा उत्रिएका थिए ।

कुल ३०४१ मतदाता रहेको यस वडामा १७५० मत खसेको थियो ।