भृकुटीमण्डमा ‘खाना महोत्सव’ हुने

काठमाडौँ । नेपाली खानाको प्रवर्द्धनका लागि काडमाडौँको भृकुटीमण्डपमा ‘खाना महोत्सव’ हुने भएको छ ।
नेपाली सेफ सोसाइटी र अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा नेपाली सेफहरूको व्यक्तित्व विकास तथा खानाको प्रवर्द्धनका लागि यही वैशाख ६ गते शनिबार भृकुटीमण्डपमा ‘खाना महोत्सव’ हुन लागेको हो ।
अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटीका संयोजक अरुण अधिकारीले नेपाली खानाको प्रवर्द्धनका लागि अन्तरराष्ट्रियस्तरका सेफलाई यहाँ बोलाएर खाना महोत्सव आयोजना गरिएको जानकारी दिए । उनका अनुसार महोत्सवमा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी सेफको सहभागिता रहनेछ ।
अधिकारीले हाल अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटीको ३८ वटा देशमा शाखा रहेको बताउँदै सोसाइटीले हाल नेपाली खानालाई अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै आएको जानकारी दिए । उनका अनुसार महोत्सवमा ५० वटा कक्षमा विभिन्न जातजाति (नेवारी, थारु, राई लिम्बू, थकाली) का मौलिक खाना रहनेछन् ।
यसबाहेक मःम चाउमिन, सेलरोटी, खिर, हलुवा, पूवा, सिस्रोको सुप, दाल, तरकारी, अचार, ढिँडो सेट, मही, दही, घिउ, मह, मिठाई, अकबरे खुर्सानी, फलफूललगायतको कक्ष कक्ष रहने उनको भनाइ छ ।
ताजा अपडेट
-
स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य
-
प्रतिनिधि सभामा विपक्षीको अवरोध कायमै, सोमबारसम्म स्थगित
-
प्रधानमन्त्री ओलीद्वारा निर्माणाधीन टियु क्रिकेट मैदानको अवलोकन
-
प्रतिनिधिसभा बैठक फेरि साढे पाच बजेलाई सर्यो
-
प्रधानमन्त्री ओली भन्छन् : ७० वर्षे उमेर हदको विषय फेल खाइसक्यो
प्रतिक्रिया