देउवाको घर भएको क्षेत्रमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार धिताल विजयी
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-३ मा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी भएका छन् । धितालले नेकपा एमालेका राजेन्द्र खड्कालाई हराउँदै ५ सय १२ मत ल्याएर विजयी भएका हुन् । खड्काले ४ सय ७४ मत प्राप्त गरेका छन् ।
याे क्षेत्र प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकाे निवास रहेकाे क्षेत्र हाे ।
त्यसैगरी नेपाली कांग्रेसका नवराज भण्डारीले ३ सय १२, नेकपा एकीकृत समाजवादीका रवि श्रेष्ठले २ सय ७४ र राप्रपाका अशोक जिसीले ८३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
यसबाहेक वडा नम्बर १ मा वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा र वडा नम्बर २ मा एमालेका राजेन्द्र श्रेष्ठ विजयी भएका हुन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया