आरोप लगाउने एमालेमाथि गगनको आक्रोश
काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा धाँधली गरेको आरोप लगाउने एमालेप्रति कांग्रेस महामन्त्री गगन थापाले आक्रोश व्यक्त गरेका छन् ।
मतदानसम्म ठीक भन्ने मतगणनाको प्रारम्भमा पनि ठीक भन्ने तर प्रारम्भिक विवरण आउन थालपछि एमालेले सामान्य धैर्यता पनि नराखी प्रश्न उठाएर मतदाताप्रति अपमान गरेको आरोप लगाएका हुन् ।
‘मतदानसम्म ठीक,मतगणनाको प्रारम्भमा पनि ठीक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।’ थापाले सामाजिक संजालमा लेखेका छन् ।
एमाले सचिव महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै निर्वाचन, निर्वाचनमा र मतदानका क्रममासमेत सत्तारुढ दलले धाँधली गरेको आरोप लगाएका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया