पोखरा महानगर : ओलीको एमालेविरुद्ध माधव नेपालको कलम हावी
काठमाडौं । पोखरा महागनरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले अग्रतालाई बलियो बनाउँदै लगेको छ ।
एमालेका उम्मेदवारलाई पछि छोड्ने क्रममा माधव नेपाल नेतृत्वको समाजवादीका उम्मेदवार धनराज आचार्यले ३४६५ मत जोडेका हुन् ।
केपी ओली नेतृत्वको एमाले उम्मेदवार कृष्ण थापाले ३१०८ मत ल्याएका छन् । यो मत ८६९३ मतगणना हुँदाको हो ।
उपमेयर
उपमेयरमा भने सत्ता गठबन्धनतर्फ कांग्रेस उम्मेदवार कोपिला रानाभाट अगाडि देखिएकी छिन् ।
एमालेकी मञ्जुदेवी गुरूङले ३५७५ ल्याउँदा कांग्रेसकी कोपिला रानाभाटले ३६ सय मत ल्याएकी छिन् । राप्रपाकी रञ्जिता सेनले ४३२ मत ल्याएकी छिन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया