विवेकशीलले भन्यो- ‘पार्टीभित्रको उतारचढाव मतदातालाई मन परेन’
काठमाठौं । विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा प्राप्त गर्न सकेकामा आफूहरु दुःखी भएको बताएको छ ।
सोमबार पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनमा राजनीतिक दलका लागि अत्यावश्यक विषयवस्तुको परिपूर्ति गर्न नसकेकाले पनि परिणाम सोचेअनुरुपको हुन नसकेको बताएका छन् ।
पार्टीमा निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावले देशव्यापी संगठन बनाउन नसकेका कारण हार ब्यहोर्नु परेको उनले स्वीकारे ।
विज्ञप्तिमा लेखिएको छ, ‘पार्टीमा हामीले टुटफुट लगायत वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि ब्यहोर्नुपऱ्यो । हाम्रोजस्तो आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखियो । हामी त्यसमा क्षमा प्रार्थी छौं । अपवादलाई छोडेर, पार्टी निर्माणको स्वाभाविक प्रसव पीडाबाट पार नगरी संसारमा कुनै पनि पार्टी र नेतृत्व निर्माण भएको छैन। गत ५ वर्ष हामी त्यही प्रक्रियाबाट गुज्रियौं । यो तथ्यलाई पनि मनन गरिदिन हामी विनम्र आग्रह गर्दछौं ।’
विवेकशील पार्टीले ५ वर्षकाे अवधिमा धेरै कुरा सिकेकाे र ती सिकाइका आधारमा निर्मम समीक्षा गर्ने पनि उल्लेख गरिएकाे छ ।
यस्ताे छ विज्ञप्ति :
प्रेस विज्ञप्ति: स्थानीय निर्वाचन २०७९ को जारी नतिजाबारे
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया