मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
रसुवा । रसुवामा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुईको निधन भएको छ ।
दुर्घटनामा उत्तरगया गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका–१० को ४३ वर्षीया पम्फा तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुप्रदीप बस्यालले बताए ।
उनका अनुसार बेत्रावतीबाट खाल्टेबगरतर्फ जाँदै गरेको बा ९६ ज २०९४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।
उनीहरु स्थानीय निर्वाचनमा उत्तरगया गाउँपालिका–४ का विजयी वडाध्यक्षको आफन्त भएकाले बधाई दिन जाने क्रममा उक्त मोटरसाइकल उत्तरगया–५ स्थित खाल्टेबगरमा दुर्घटना भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया