चुरे अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी
गोदावरी । कैलालीको चुरे गाउँपालिकाको ६ वटै वडाको मतपरिमाण सार्वजनिक गरिएको छ । पालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी विजयी भएका छन् ।
उनले गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लोकबहादुर सारुमगरलाई पराजित गरेका हुन् । बोगटीले तीन हजार ३०५ मत प्राप्त गरेका छन् भने सारुले ३ हजार २८१ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत नन्दलाल पाण्डेयले बताए ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी धनदेवी थापाले तीन हजार ४४९ मत ल्याएर विजयी भएकी छिन् । उपाध्यक्षमा एमालेकी दीपादेवी साउदले तीन हजार १२१ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए । ६ वडा रहेको सो पालिकामा ५ वडामा वडाध्यक्षसहित एमाले विजयी भएको छ भने एउटा वडामा कांग्रेस विजयी भएको हाे ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया