चुरे अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

गोदावरी । कैलालीको चुरे गाउँपालिकाको ६ वटै वडाको मतपरिमाण सार्वजनिक गरिएको छ । पालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी विजयी भएका छन् ।
उनले गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लोकबहादुर सारुमगरलाई पराजित गरेका हुन् । बोगटीले तीन हजार ३०५ मत प्राप्त गरेका छन् भने सारुले ३ हजार २८१ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत नन्दलाल पाण्डेयले बताए ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी धनदेवी थापाले तीन हजार ४४९ मत ल्याएर विजयी भएकी छिन् । उपाध्यक्षमा एमालेकी दीपादेवी साउदले तीन हजार १२१ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए । ६ वडा रहेको सो पालिकामा ५ वडामा वडाध्यक्षसहित एमाले विजयी भएको छ भने एउटा वडामा कांग्रेस विजयी भएको हाे ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया