लुम्बिनीमा मोदी (फोटो फिचर)
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी भ्रमणमा छन् । उनी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट ११ सदस्यीय प्रतिनिधिमण्डलनको नेतृत्व गर्दै सोमबार बिहान लुम्बिनी आइपुगेका हुन् ।
बुद्धजयन्तीको अवसर पारेर लुम्बिनी आइपुगेका मोदी साँझ नै भारत फर्किनेछन् । अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालयनजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गरेका हुन् ।
यो मोदीको पाचौंपटकको नेपाल भ्रमण हो । लुम्बिनीमा रहेका मोदीले मायादेवी मन्दिरको दर्शन गरेका छन् ।
यसपछि उनले भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेजको शिलान्यास गर्ने र उक्त कार्यक्रमलाई सम्बोधन गर्नेछन् । माेदी साेमबार बेलुका भारत फर्किने बताइएकाे छ ।

भारतका प्रधानमन्त्री मोदी मायादेवी मन्दिर अगाडि राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै ।


एक दिवसीय लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मायादेवी मन्दिरतर्फ जाँदै ।

प्रधानमन्त्री शेरबहादुर देउवा र लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार मायादेवी मन्दिर क्षेत्रमा । साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले ।

ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया