सगरमाथामा ६२ वर्षीय अधिवक्ता भुसालको पाइला
काठमाडौं । वरिष्ठ अधिवक्ता ६२ वर्षीय विष्णु भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
उनी सोमबार साढे सात बजे सगरमाथाको चुचुरोमा पुगेका हुन । भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता रहेका छन् ।
विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अनुरोध गर्दै उनले सगरमाथाको सफल आरोहण गरेका छन् । नेपाल बार एसोसिएसनको लोगो अंकित झण्डासहित भुसाल आज सगरमाथा आरोहणमा गएका थिए ।
अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोतसम्बन्धी कानूनमा स्नातकोत्तर गरेका उनले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ संस्थामा कानुनविद्को रुपमा कार्य गर्दै आइरहेका छन् ।
अर्घाखाँची स्थायी घर भएका भुसाल हाल श्रीमती राधा, छोरी प्रीति र छोरा रोशनसहित राजधानीको बाँसबारीमा बस्दै आइरहेका छन्। भुसालकी छोरीले पनि चार दिनअघि मात्र सगरमाथाको सफल आरोहण गरेकी थिइन् । छोरा रोशन हाल पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि गर्दै छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया