सगरमाथामा ६२ वर्षीय अधिवक्ता भुसालको पाइला
काठमाडौं । वरिष्ठ अधिवक्ता ६२ वर्षीय विष्णु भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
उनी सोमबार साढे सात बजे सगरमाथाको चुचुरोमा पुगेका हुन । भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता रहेका छन् ।
विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अनुरोध गर्दै उनले सगरमाथाको सफल आरोहण गरेका छन् । नेपाल बार एसोसिएसनको लोगो अंकित झण्डासहित भुसाल आज सगरमाथा आरोहणमा गएका थिए ।
अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोतसम्बन्धी कानूनमा स्नातकोत्तर गरेका उनले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ संस्थामा कानुनविद्को रुपमा कार्य गर्दै आइरहेका छन् ।
अर्घाखाँची स्थायी घर भएका भुसाल हाल श्रीमती राधा, छोरी प्रीति र छोरा रोशनसहित राजधानीको बाँसबारीमा बस्दै आइरहेका छन्। भुसालकी छोरीले पनि चार दिनअघि मात्र सगरमाथाको सफल आरोहण गरेकी थिइन् । छोरा रोशन हाल पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि गर्दै छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया