युनाइटेड इन्स्योरेन्सको वार्षिक साधारण सभा जेठ २३ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले २८औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले आउँदो जेठ २३ गते अनमोल बैंङ्क्वेट शंखमुलमा बिहान ११ बजे गर्ने भएको हो ।
साधारण सभामा कम्पनीले बीमा समितिको निर्देशनअनुसार चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्जीवन बीमा कम्पनीसँग मर्ज हुनेसम्बन्धी निर्णय गर्न र हस्तक्षरसमेत गर्ने एजेण्डा बोकेको छ । त्यस्तै कम्पनीले चल अचल सम्पती र दायित्व मूल्यांकन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, डिडिए गर्नका लागि मान्यता प्राप्त मूल्यांकन कर्ताको नियुक्ति तथा पारिश्रमिक तोक्ने लगायतका मर्जरसम्बन्धी कार्यक्रम रहेको पनि कम्पनीले जनाएको छ ।
साथै कम्पनीले संस्थापक सेयर धनीको प्रतिनिधित्व गर्ने गरी चार जना र सर्वसाधारण सेयरधनीको तर्फबाट दुई जना गरी जम्मा ६ जना सञ्चालकको समेत निर्वाचन गर्ने तय गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया