युनाइटेड इन्स्योरेन्सको वार्षिक साधारण सभा जेठ २३ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले २८औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले आउँदो जेठ २३ गते अनमोल बैंङ्क्वेट शंखमुलमा बिहान ११ बजे गर्ने भएको हो ।
साधारण सभामा कम्पनीले बीमा समितिको निर्देशनअनुसार चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्जीवन बीमा कम्पनीसँग मर्ज हुनेसम्बन्धी निर्णय गर्न र हस्तक्षरसमेत गर्ने एजेण्डा बोकेको छ । त्यस्तै कम्पनीले चल अचल सम्पती र दायित्व मूल्यांकन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, डिडिए गर्नका लागि मान्यता प्राप्त मूल्यांकन कर्ताको नियुक्ति तथा पारिश्रमिक तोक्ने लगायतका मर्जरसम्बन्धी कार्यक्रम रहेको पनि कम्पनीले जनाएको छ ।
साथै कम्पनीले संस्थापक सेयर धनीको प्रतिनिधित्व गर्ने गरी चार जना र सर्वसाधारण सेयरधनीको तर्फबाट दुई जना गरी जम्मा ६ जना सञ्चालकको समेत निर्वाचन गर्ने तय गरेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया