गायक राजु लामाले गरे सगरमाथा आरोहण

काठमाडौं । चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । उनले आज बिहान सगरमाथा आरोहण गरेका हुन् ।
इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामासहित २७ जनाको आरोही टोली बिहान ६ बजेर ४० मिनेट जाँदा चुचुरोमा पुगेका थिए । लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए ।
जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर चढेका हुन् । साथै ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट समेत गरेका थिए । उक्त दलमा नेपाल, चीन, अष्ट्रेलिया, रुस र पाकिस्तानका आरोही सहभागी थिए ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया