निवर्तमान गाउँपालिका अध्यक्ष वडा सदस्यमै पराजित
काठमाडौं । गत स्थानीय तह निर्वाचनमा विपक्षीलाई परास्त गर्दै गाउँपालिका अध्यक्षमा जितेका एक उम्मेदवार यसपटक वडा सदस्यमै पराजित भएका छन् ।
तेह्रथुमको आठराई गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर लिम्बूले पदबाट राजीनामा दिएर वडा नं. ७ को खुला सदस्यमा उम्मेदवारी दिएका थिए । जिल्ला समन्वय समितिमा जान उनले यस्तो निर्णय लिएका थिए । तर उनलाई आफ्नै वडाबासीले हराएका छन् ।
दुई सिटको खुला सदस्यका उम्मेदवार उनले एमालेका हरिप्रसाद पराजुलीले ल्याएको ५८३ र कुमार कन्दङ्वाले ल्याएको ५७१ मतभन्दा बढी ल्याउनुपर्ने हुन्थ्यो । तर ३३९ मतमा नै रोकिए ।
लिम्बू एमाले विभाजनपछि माधवकुमार नेपाल समूहतिर लागेका थिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया