निवर्तमान गाउँपालिका अध्यक्ष वडा सदस्यमै पराजित

काठमाडौं । गत स्थानीय तह निर्वाचनमा विपक्षीलाई परास्त गर्दै गाउँपालिका अध्यक्षमा जितेका एक उम्मेदवार यसपटक वडा सदस्यमै पराजित भएका छन् ।
तेह्रथुमको आठराई गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर लिम्बूले पदबाट राजीनामा दिएर वडा नं. ७ को खुला सदस्यमा उम्मेदवारी दिएका थिए । जिल्ला समन्वय समितिमा जान उनले यस्तो निर्णय लिएका थिए । तर उनलाई आफ्नै वडाबासीले हराएका छन् ।
दुई सिटको खुला सदस्यका उम्मेदवार उनले एमालेका हरिप्रसाद पराजुलीले ल्याएको ५८३ र कुमार कन्दङ्वाले ल्याएको ५७१ मतभन्दा बढी ल्याउनुपर्ने हुन्थ्यो । तर ३३९ मतमा नै रोकिए ।
लिम्बू एमाले विभाजनपछि माधवकुमार नेपाल समूहतिर लागेका थिए ।
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया