छिन्नलता गीत पुरस्कार गायिका एलिना चौहानलाई
काठमाडौं । छिन्नलता गीत पुरस्कार गुठीले ०७८ सालको छिन्नलता गीत पुरस्कार ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ एलिना चौहानको ‘जाने मान्छेको बाटो’ बोलको गीतलाई प्रदान गर्ने भएको छ ।
छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा.डा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले आज उक्त निर्णय गरेको हो ।
त्यस्तै, विशेष सम्मान वरिष्ठ सङ्गीतकार कर्म योञ्जनलाई प्रदान गर्ने भएको छ ।
यसैगरी २०७७ सालको छिन्नलता गीत पुरस्कार ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ मिलन नेवारको ‘फल बुट्टे’ बोलको गीतका लागि प्रदान गरिने भएको छ ।
गुठीले २०७६ सालको छिन्नलता गीत पुरस्कार ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ अस्मिता अधिकारीको ‘तिम्रो मायामा बाँधेर राख’ बोलको गीतलाई दिने निर्णय गरेको हो ।
गुठीका सचिव दिनेश अधिकारीका अनुसार उक्त पुरस्कार आगामी असार २६ गते वितरण गरिनेछ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया