NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २ गते

गोकर्णेश्वरमा कांग्रेसको अग्रता

काठमाडाैं । गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा वडा नं ५ को मत गनिसक्दा कांग्रेस नेकपा (एमाले) लाई ३०० बढी मतले पछि पार्दै अघि लागेको हो । नगरपालिकाको वडा नं ३ सम्मको मतगणनामा एमाले अघि थियो । वडा नं ४ को मतगणनामा कांग्रेसले मतान्तर घटाएको थियो ।

कांग्रेसका दीपक रिसालले छ हजार २६२ मत पाएका छन् । उनलाई पछ्याउँदै एमालेका उद्धव विष्टले पाँच हजार ८६२ मत ल्याए । उपप्रमुखमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसकी शान्ति नेपालले पाँच हजार ८५२ मत पाएका छन् । उनलाई पछ्याउँदै एमालेका सान्नानी लामाले पाँच हजार ८३६ मत पाएका छन् ।

वडा नं ६ को अध्यक्षमा सुवेदी विजयी

वडा नं ६ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार नारायणबहादुर सुवेदी निर्वाचित भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिए । उनले एक हजार ७५५ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार तारा पुडासैनीले ८१४ मत पाए । सुवेदी प्यानलसहित निर्वाचित भएका हुन् ।

नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता संख्या रहेको छ । जसमध्ये २४ हजार २४२ मत खसेको थियो । यो कूल मतदाता संख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा यसअघि नेपाली कांग्रेसले नगरप्रमुख, उपप्रमुखसहित छ वटा वडामा विजय हासिल गरेको थियो । यसपटक भने कांग्रेसले विगतमा जितेको नगरपालिकाको वडा नं १ र ३ मा हारेको छ । दुवै वडामा एमाले प्यानलसहित विजयी भएको छ । नगरपालिकाका नौवटा वडामध्ये चारवटा वडाको परिणाम सार्वजनिक भइसकेको छ ।

नगरपालिकाको वडा नं २ मा पनि एमाले प्यानलसहित विजयी भएको छ । वडा नंं ४ मा भने कांग्रेसका बागी उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित भए । वडा सदस्यमा भने तीनवटा पदमा कांग्रेस र एउटा पदमा एमाले विजयी भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष