सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडाैं । आइतबार घटेको सुनको मुल्य मंगलबार सामान्य बढेको छ । सोमबार बुद्धजयन्तीको अवसरमा सार्वजनिक विदा परेकाले सुनचाँदीको कारोबार भएको थिएन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य २ सय रूपैयाँ बढेर ९६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलामा एक हजार ३०० रुपैयाँले घटेर ९६ हजार ५०० मा कारोबार भएको थियो ।
त्यस्तै आइतबार प्रतितोला ९६ हजार रूपैयाँमा कारोबार भएको तेजाबी सुन मंगलबारको लागि ९६ हजार २ सय रूपैयाँ तोकिएको छ । आइतबार चाँदी १० रुपैयाँले घटेर एक हजार २४० रुपैयाँमा कारोबार भएकोमा आज २० रूपैयाँ बढेर एक हजार २६० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया