NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २ गते

ललितपुर अपडेट : कांग्रेसका चिरीबाबु र उपप्रमुखमा एमालेकी मञ्जलीको अग्रता कायमै

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले सात हजार ७०२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले तीन हजार ३७४ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले तीन हजार ९६५ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले दुई हजार ४५२ मत पाएका छन् । महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म चार  वडाको मात्रै परिणाम आएको छ ।

वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी( का राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन, ५ मा नेकपा एमालेका विकासमान श्रेष्ठ विजयी भएका छन्  । हाल वडा नम्बर ४, ६ र ७ को गणना जारी रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष