सिमकोट गाउँपालिकामा माओवादीका भण्डारी विजयी

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
नेकपा (माओवादी केन्द्र) का विजय भण्डारीले दुई हजार ८८२ मत ल्याएर सो गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्रबहादुर शाहीले एक हजार ९६९ मत ल्याएका छन् ।
यसैगरी नेपाली कांग्रेसका सुशीला रोकायाले दुई ४७४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी प्रतिमा लामाले एक हजार ४५७ मत ल्याएकी छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया