नेता भण्डारीले देखाएको मार्ग निर्देशलाई अघि बढाउन चुनौतीः वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जननेता मदन भण्डारीले देखाएको मार्ग निर्देशलाई अघि बढाउने चुनौती पार्टीलाई रहेको बताएका छन् ।
आज २९ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा उपाध्यक्ष पोखरेलले नेताद्वय भण्डारी र आश्रितले देखाएको मार्गदर्शनलाई आत्मसात् गर्दै राष्ट्रिय अभियान पूरा गर्ने जिम्मा पार्टीको रहेको उल्लेख गरे ।
फरक प्रसङ्गमा उनले भने, “केही दिनअघि सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामले पनि आफ्नो पार्टीमा जनमत बलियो रहेको छ । ” आगामी दिनमा पनि जनमतमा टेकेर लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने विचार उपाध्यक्ष पोखरेलले राखे । कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेलले देशलाई कमजोर बनाउने बहाना एमालेलाई मान्य नहुने धारणा राखेका थिए ।
महासचिव पोखरेलले प्राविधिकरुपमा केही स्थानीय तहमा पराजय भोग्नुपरे पनि समग्र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनमतको हिसाबले एमाले लोकप्रिय रहेको कार्यक्रममा बताए ।
स्मृति दिवसमा सुवासचन्द्र नेम्वाङ, अष्ठलक्ष्मी शाक्य, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु पौड्याललगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया