राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए ।
उनका अनुसार पौडेलका निकटतम् प्रतिद्वन्द्वी नेकपा मओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ र नेकपा एमालेका रामदास थारुले ९ हजार १४० मत प्राप्त गरेका हुन् । यसैगरी थारुकी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी चमेली बागवलले ९ हजार ३४१ र माओवादी केन्द्रकी मञ्जु रोकायाले ८ हजार ७९३ मत प्राप्त गरेका छन् ।
सो पालिकामा नेकपा एमालेले पाँच, राप्रपा एक र माओवादी केन्द्रले तीन वडामा विजयी भएका छन् । कूल ३२ हजार ९६७ खसेको मतमा करिब सात प्रतिशत अध्यक्ष र उपाध्यक्षमा बदर भएको निर्वाचन अधिकृत केसीले जानकारी दिए ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया